बारा, २१ भाद्र
नेपाल कम्युनिस्ट पार्टी एमाले ले क्षेत्र न:१ (ख) मा युवा पुस्ता लाई यो निर्वाचन मा अगाडी सारेर इतिहास रचेको छ । क्षेत्र न:१ (ख) को क्षेत्रीय कमिटी २०७९ भदौ २० गते बसेको बिस्तारिक बैठक ले प्रदेश सभा सदस्य समानुपातिक तर्फ युवा नेता शनि गुप्ता को नाम सिफारिस गरेको छ । एमाले को यो निर्णय राजनीति सुझबुझ गरि गरेको देखिन्छ ।एमाले को यो रणनीति ले सिम्रौनगढ र आदर्श कोतवाल मा धेरै ठुलो प्रभाव पारेको छ ।
गुप्ता सिम्रौनगढ मा लगभग एक दशक देखि समाज सेवा मा होमिएको व्यक्ति हुन। सिम्रौनगढ र आदर्श कोतवालमा युवाहरु मा धेरै प्रभाव देखिएको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले को क्षेत्र न:१ (ख) को क्षेत्रीय कमिटी ले लिएको निर्णय सराहनीय एवं स्वागत योग्य छ । एमाले को यो निर्णय ले आदर्श कोतवाल र सिम्रौनगढ को युवाहरू मा धेरै प्रभाव पारेको छ । यो दुइटा पालिका को युवा पुस्ता लाई असाधै आकर्षण गरेको छ र युवाहरु मा थप उर्जा भरेको छ । राजनिति दृष्टिकोण ले हेर्दा सिम्रौनगढ मा एमाले को धेरै प्रभाव देखिए ता पनि गुप्ता को नाम आए पछि सिम्रौनगढ बासी मा थप उर्जा थपिएको छ । युवा पुस्ता लाई अगाडि सारेकै कारण सिम्रौनगढ को युवाहरु एकहोरो भोट् एमाले लाई दिने संभावना छ । युवा नेता शनि गुप्ता अहिले सम्म के के गरेका हुन आम जनता को लागी संक्षिप्तमा बुझौं
१. २०७१ साल मा बारा क्षेत्र १ (ख) मा पर्ने सिम्रौनगढ सडक आन्दोलनको नायक र अग्र्पन्क्ती मा बसि नेतृत्व गरेको व्यक्ती हुन शनि गुप्ता । जसको परिणाम छ बम्म नहर को बाटो कालो पिच भएको छ ।
२. २०७२/२०७३मा आफू बिदेश बस्दा कयौं नेपाली युवाहरूलाई स्वदेश फर्किन मद्दत गरेका व्यक्ती हुन शनि गुप्ता ।
३. २०७४/२०७५ मा बारा क्षेत्र १ (ख) सिम्रौनगढ -७ मा पर्ने झवानी गाउँ मा छुवाछुत चरम सिमा मा हुदा दलितको हकहित का लागि आफनै नेतृत्व मा संघर्श गरे । जसको परिणाम छ आज दलित समुदायले मन्दिर मा पुजा गर्न पाएको छ ।
४. २०७५ तिर बारा क्षेत्र १ (ख) मा पर्ने पुरातत्बिक तथा एतिहासिक ठाँउ सिम्रौनगढ को लागि पुरातत्बिक बिभाग र स्थानीय सरकारसँग लडाइँ लडे । उपलब्धी के भयो भने सरकार चासो को साथ पुरताबिक बस्तु र मठ मन्दिरहरु लाई संरक्षण गर्न सुरु गरेको छ ।
५. २०७६ साल बारा क्षेत्र १ (ख) मा पर्ने सिम्रौनगढ स्थानीय सरकारले गरे अनियमितता र भ्रष्टाचार विरुद्ध गाउँ गाउँ मा भणडाफोर अभियान सुरु गरे । स्थानीय सरकार ले रोक्नको लागि विभिन्न मुदामा फसाउन षड्यन्त्र गरे ता पनि कार्यक्रम चलाइ रहे । स्थानीय सरकार खाई सकेको पैसा लाई निकालन सफल भए । त्यो पैसा ले गाउँ गाउँ मा बति जलाउन सफल भए ।
६. २०७७ मा बारा क्षेत्र १ (ख) को सिम्रौनगढ मा कोरोना को बेला स्थानीय र केही व्यक्तीहरु संग सहयोग मागेर एक छाक खाना न पुग्ने लगभग ३०० झोपडि मा चुलो जलाउन सफल भए ।
७. २०७८ साल मा नेपाल कम्युनिस्ट पार्टी एमाले सिम्रौनगढ को विभिन्न तहतप्काका मा र जिल्ला कमिटी सदस्य भैइ विभिन्न ठाँउहरु मा संघ संगठनहरु बनाए । साथै सिम्रौनगढ मा पार्टी को नयाँ युगको सुरुवात गरे ।
८. २०७८ साल को चुनाव मा सिम्रौनगढ नगरपालिका को चुनावो कमिटी सचीव भै पार्टी का लागी दिन रात एक गरि पार्टी का लागि चुनाव मा काम गरे ।
९. २०७२ मा सिम्रौनगढ मा मालपोत र नापी कार्यलय को लागी निर्णय भैइ सके तापनि सिम्रौनगढ मा धेरै नेता हुँदा हुँदै पनि अहिले सम्म संचालन आएको थिएन । तर शनि गुप्ता ले पहल गरेर ल्याउन सफल भए ।