एजेन्सी , बासिङटन । साउथ क्यारोलिनाकी पूर्व गभर्नर निक्की हेलीले २०२४ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेकी छिन् । भारतीय मुलकी हेलीले रिपब्लिकन पार्टीकी तर्फबाट सन २०२४ मा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवार बन्ने घोषणा मंगलवार आयोजित एक कार्यक्रमवाट गरेकी हुन ।‘नयाँ पुस्ताको नेतृत्व लिने समय आएको’ उल्लेख गर्दै डेलीले आर्थिक उत्तरदायित्वको पुन खोजी, सीमाको सुरक्षा, देशलाई गर्विलो र सबल बनाउने कुरामा जोड दिने प्रतिबद्धता जनाएकी छिन ।
खास नाम निम्रता निक्की रान्धवा हेली रहेकी उनी भारतीय सिख सम्प्रदायकी हुन । उनको पिता अजित सिंह रान्धवा र माता राजकौर रान्धवा हुन । साउथ क्यारोलिनमा जन्मेकी उनले २४ वर्षको उमेरमा माइकल हेलीसँग विवाह गरेकी थिइन ।
साउथ क्यारोलिनाको क्लिम्सन कलेजबाट स्नातकोत्तर हेली सन् २००४ देखि राजनीतिमा सक्रिय छिन । सन् २०१७ मा संयुक्त राष्ट्र संघको २९ औं राजदूत भएकी हेली सन् २०१० मा गभर्नर निर्वाचित हुँदा अमेरिकाको इतिहासमा नै सबैभन्दा कम उमेरकी गभर्नरसमेत हुन । १९७२ जनवरी २० मा जन्मेकी हेली क्यारोलिनाको ११ औं देखी पहिलो महिला गर्भनरसमेत हुन ।