भारतले इरानको चाबहार बन्दरगाह हुँदै अफगानिस्तानलाई मानवीय सहायता दिने घोषणा गरेको छ । यो बन्दरगाह विगतमा अफगानिस्तानमा सहायता पठाउन प्रयोग हुँदै आएको थियो, तर तालिबानले कब्जा गरेपछि भारतले यस मार्गबाट सहायता पठाउने यो पहिलो पटक हो। तालिबानले भारतको यो निर्णयको स्वागत गरेको छ । तालिवानको तर्फबाट यस्तो कदमले दुई देशबीचको विश्वास बढाउने बताएको छ । भारतले २० हजार मेट्रिक टन गहुँ पठाउने भएको छ ।
भारतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले अफगानिस्तानमा मानवीय संकट छ । यो अवस्थालाई पार गर्न भारतले चाबहार बन्दरगाहबाट अफगान जनतालाई २० हजार मेट्रिक टन गहुँ पु¥याउनेछ। २०२० मा, भारतले चाबहार बन्दरगाहबाट मानवीय सहायताको रूपमा अफगानिस्तानलाई ७५,००० मेट्रिक टन गहुँ पठाएको थियो। भारतको यो सहयोगले अफगानिस्तानका मानिसहरूलाई ठूलो मात्रामा मद्दत हुनेछ ।
तालिबानद्वारा भारतको उक्त निर्णयको स्वागत गरेको छ ।
तालिबानले भारतको यो निर्णयको स्वागत गरेको छ । मिडिया रिपोर्टका अनुसार तालिबानका तर्फबाट सुहेल शाहिनले भने, ‘चाबहार बन्दरगाहबाट अफगान जनतालाई २०,००० मेट्रिक टन गहुँ पु¥याएकोमा हामी धेरै प्रशंसा गर्छौं। यस प्रकारको मानवीय कदमले दुवै देशमा विश्वास बढाउँछ, जसले सकारात्मक पारस्परिक सम्बन्धलाई निम्त्याउँछ। गत वर्ष पनि भारतले अफगानिस्तानका जनतालाई ठूलो मात्रामा मानवीय सहायता पठाएको थियो ।
भारत सरकार तालिवानले कब्जा गरेको सरकार लाई मान्यता दिएको छैन तर भारतले बिश्व सामु मानवीय सहयोग दिएर मानवता को रक्षा गर्ने आफ्नो अभियान निरन्तर जारी राखेको छ । अहिले भारतको मोदी सरकार माथी मुस्लिम बिरोधि र कट्टर हिन्दु वादी आरोप लगाउने भारतिय मुस्लिमहरु यता पनि हेर्न जरुरी रहेको छ जहाँ भारत सरकारले अफगानिस्तानका करोडौं मुस्लिम जनतालाई राहत प्रदान गर्दै आएको छ । अफगानिस्तानमा पनि मुस्लिम समुदाय बसोबास बढी रहेको छ।