भारतको उत्तर प्रदेशमा उमेस पाल हत्याको मुख्य आरोपि आतिक, उनका छोरा असद र भाइ असरफले ५८ घण्टामा संसार छाडेका छन् । बिहीबार दिउँसो १२ बजे झासीमा भएको मुठभेडमा असद र शूटर मोहम्मद गुलामको प्रहरीले हत्या गरेको थियो । आतिककी श्रीमती शाइस्ता भने फरार छिन् । जेठाजुका दुई छोरा अखलाक र आतिक जेलमा छन् र दुई नाबालक छोरा बालगृहमा छन् । माफिया तथा पूर्व सांसद अतीक अहमद र उनका भाइ अशरफको हिजो राति करिब १०ः३० बजे प्रहरी हिरासतमा गोली हानी हत्या गरिएको थियो । दुवैलाई मेडिकलका लागि प्रयागराजको कोल्भिन अस्पताल लगिएको थियो, जहाँ तीन युवाले आकस्मिक अगाडि गोली प्रहार गरेका थिए । दुवैको घटनास्थलमै मृत्यु भयो । दुवै माफिया लाई गोली हानेपछि आक्रमणकारीले हात उठाएर आत्मसमर्पण गरेका थिए । उनीहरुको साथबाट प्रहरीले तीन थान पेस्तोल बरामद गरेको छ । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै पूरै राज्यमा उच्च सतर्कता जारी गरिएको छ भने प्रयागराजमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ।
माफिया सासदलाई अस्पताल बाहिर तीन युवाले गोलि हान्दै आफुलाई गरे आत्मसमर्पण ।
शनिबार साँझ करिब ७:३० बजे अतिक र अशरफलाई STF र UP ATS अधिकारीहरूले धुमानगञ्ज प्रहरी चौकीमा सोधपुछ गरिरहेका थिए। यसैबीच उमेश पाल हत्याकाण्डमा प्रयोग भएको हतियार र कारातूस आतिकको घरभन्दा केही दूरीमा रहेको कासरी मसारी जङ्गलमा लुकाएर राखेको जानकारी पाए । प्रहरी टोली तुरुन्तै हतियार बरामद गर्न दुवैतर्फ प्रस्थान गरेको थियो ।
उनको सुचनामा प्रहरी टोलीले कासरी मसारी जङ्गलको भग्नावशेषबाट हत्यामा प्रयोग भएका दुई थान पेस्तोल बरामद गरेको हो । यी मध्ये एउटा पेस्तोल मेड इन अमेरिका हो । प्रहरीले ५५ वटाभन्दा बढी कारतूस समेत फेला पारेको छ । तीमध्ये पाँचवटा कारतूस पाकिस्तान बाट आएको हो । हतियार बरामद भएपछि प्रहरी टोलीले दुवैलाई पहिले धुमानगञ्ज प्रहरी चौकी लगेको थियो । त्यसपछि त्यहाँबाट करिब एक घण्टापछि कोल्भिनलाई नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याइएको थियो । त्यहाँ स्वास्थ्य परीक्षणअघि आतिकले सञ्चारकर्मीलाई बयान दिइरहेका थिए ।
माफिया अतीक अहमद, र उनको परिवारको गिरोहले प्रयागराज र यसको वरपरका जिल्लाहरूलाई एकपछि अर्को दुस्साहसपूर्ण घटनाहरूद्वारा आतंकित बनाएको थियोे । उमेश पाल हत्या प्रकरण सहित ४३ वर्षको अवधिमा अतिक अहमद विरुद्ध मात्र १०० भन्दा बढी मुद्दा दर्ता भएका छन् । तीमध्ये आतिकविरुद्ध ज्यान मार्ने १४, गुण्डा नाइके १२, गुण्डा ऐन चार, हातहतियार ऐन आठ वटा मुद्दा परेका छन् । बलियो लबिङ, साक्षी तोड्ने र राजनीतिक संरक्षणको अभावमा करिब आधा मुद्दामा उनी सफाइ पाएका थिए ।
अतिकविरुद्ध अदालतमा ५० आपराधिक मुद्दा विचाराधीन छन्, जसमध्ये ६ वटा हत्याका छन् । अतिकले सन् १९८९, ९१, ९३ मा स्वतन्त्र र सन् १९९६ मा सपाको टिकटमा विधायक चुनाव जितेका थिए । सन् २००४ मा सपाको टिकटमा फुलपुरबाट लोकसभा चुनाव जितेर उनी संसदमा पुगेका थिए । अतिकका भाइ अशरफमाथि पनि ५३ वटा मुद्दा छन्। उनी सन् २००५ मा इलाहाबाद पश्चिम सीटको उपचुनाव जितेर विधानसभामा पुगेका थिए।