इशलामाबाद, एजेन्सी । पाकिस्तानी साँसदहरुले भारत संगको सम्बन्धमा सुधार गर्न पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफ संग आग्रह गरेका छन् ।
पाकिस्तानको राष्ट्रिय सभाको विदेश मामिला समितिले प्रधानमन्त्री शेहबाज सरिफको सरकारलाई भारतसँग सामान्य सम्बन्ध पुनस्र्थापित गर्न आग्रह गरेका रिपोर्टहरू सार्बजनिक भएका हुन् ।
पाक संसदीय प्यानल पाकिस्तानले आफ्नो उच्चायुक्तलाई नयाँ दिल्ली फिर्ता पठाउनु पर्ने र भारतले पनि त्यसै गर्न सुझाव दिएको छ । २०१९ मा, पाकिस्तानले जम्मू कश्मीरमा अनुच्छेद ३७० खारेज गरेपछि भारतसँग आफ्नो कूटनीतिक सम्बन्धलाई घटाउदै गएको तथा सम्बन्धमा तितोपन आएको थियो ।
भारत संग राम्रो सम्बन्ध बनाउन पाकिस्तानी साँसदहरुले आफना प्रधानमन्त्री शरीफ लाई सम्बन्ध सुधारको यथोचित पहल गर्न माग समेत गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।