अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी बाराले,पालिकाको कुल बजेटको १५% रकम कृषि कार्य मा बिनियोजित गरियोस ,कृषि योग्य जग्गामा,अनिवार्य सिचाइ गर्न सतही बोरिङको सट्टा डिप बोरिङ को व्यवस्था गरियोस,कृषि कार्यमा खपत बिधुत १००% निशुल्क गरि खेती योग्य सम्पुर्ण जग्गामा बिधुतिकरण गरियोस ,किसान परिचयपत्र किसान कार्डको ब्यवस्था गरियोस लागाएतको २४ बुदे माग सहित कोल्हबि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममनि अधिकारलाइ बुधबारको दिन ज्ञापनपत्र बुझाएको हो।
जिल्ला कमिटी अध्यक्षपुनदेव साह, उपाध्यक्ष पार्वती देवि चौधरी ,सचिव बिष्णु दास चौधरी केन्द्रिय सचिवालय सदस्य कमला कुमारी खरेल,जिल्ला सचिवालय सदस्य इन्द्रदेव कुशवाहा,शिवहरी आचार्य ,जनक चौधरी,समाजसेवी ढुन्ढिराज उप्रेती,संचारकर्मिहरु लगाएत स्थानीय किसानहरुको उपस्थिति रहेको थियो।
ज्ञापनपत्र बुझाउनु भन्दा पहिले समाजसेवि ढुन्ढिराज उप्रेतीले यस भेगका किसानहरुले भोग्दै आएका समस्याहरुको बारेमा भर्खर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत राममनि अधिकारीलाइ बिस्तृत रुपमा अवगत गराउनु भएको थियो। ज्ञापन पत्र बुझ्दै अधिकृत अधिकारीले आउदो दिनमा किसानहरुको समस्यालाइ सम्बोधन गरि अगाडी बढ्ने बताउनु भयो।