बारा । बाराको दुई पालिकाले स्वास्थ्य प्रयोगशाला सहित २४सै घण्टा सेवा विस्तार शुरु गरेका छन । बाराको आर्दश कोतवाल गाँउपालिका वडा नम्बर १ चिउटाहाँमा जनस्वास्थ्य प्रयोगशालाको एक कार्यक्रमका बिच उदघाटन गरिएको हो । पालिकाका अध्यक्ष जवाहर प्रसाद साहले रिबन काटेर उद्धघाटन गर्नु भएको हो । उद्धघाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले प्रयोगथशाला उद्धघाटनले यस क्षेत्रका जनताहरुलाई सेवा पुग्ने बताउदै प्राईभेट अस्पताल भन्दा आधा मुल्यमा यहाँ चेकजाँच हुने कुरामा जोड दिनुभयो ।
करिब ७० लाखको लागतमा मेसिन, काम गर्ने कर्मचारी प्रदेश सरकारबाट उपलब्धभएपछि पालिकाका जनताहरुलाई समान्य पिसाब, रगत, टाईफाईड, चिनी, हेमोग्लोबिन, हेपेटाईसिस जस्ता चेकजाच गर्न बाहिर जाँदा समय बढी लाग्ने र मुल्य पनि चर्को तिर्नु पर्ने बाध्ययतालाई अन्त्य पार्ने प्रयास गरेको बताउदै अध्यक्ष साहले गाँउ गाँउबाट आएर परिक्षण गराउन आग्रह गर्नुृभयो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले आफनै गाँउठाँउमा स्वास्थ्य सेवा सहज रुपमा पाउनु निकै नै उपलब्धी भएको बताउनुभयो । दक्ष जनशतिmबाट सेवा प्रभावकारी रुपमा उपलब्ध भए गरिब, असहाय, बिपन्नलाई निकै नै राहत पुग्नेमा प्रजिअ सापकोटाले बताए ।
स्वास्थ्य शाखाको प्रमुख पारस यादवको अध्यक्षतामा सम्पन्न सो उदघाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुनिल कुसवाहा, वडा नम्बर ५ का वडा अध्यक्ष रुपेश नारायण सिह, वडा अध्यक्ष हरिनारायण कुसवाहा लगायतकाले आफनो बिचार ब्यतm गर्नुभएको थियो ।
कार्यक्रमको संचालन निमित प्रमुअ प्रशासकिय अधिकृत सुनिल कुमार थापाले गर्नु भएको थियो भने स्वागत स्वास्थ्यकर्मी मुकेश साहले गर्नुभएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सापकोटा, शस्शत्र प्रहरी उपरिक्षक टोप बहादुर डाँगी, राष्ट्रिय अनुसंन्धानका प्रमुख अभिनय कुमार सिहलाई दोसल्ला ओढाई आदर्श कोतवाल गाँउपालिकाका अध्यक्ष साहले सम्मान गर्नुभएको थियो ।
त्यसैगरी बाराको कोल्हबी नगरपालिका वडा न.१ मा प्राथमिक स्वास्थ केन्द्र कोल्हबीमा २४ सै घण्टा इमर्जेन्सी सेवा, प्रसुती सेवा र जनस्वास्थ्य प्रयोगशालाको उदघाटन कार्यक्रम बुधबार एक समारोहका बिच सम्पन्न भएको छ । कोल्हबी नगरपालिकाका नगर–प्रमुख रामप्रसाद चौधरीद्वारा उद्धघाटन सम्पन्न भएको छ ।
कोल्हबी नगरपालिका वडा न.१का वडा अध्यक्ष राजहरण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख चौधरीले स्वास्थ्य सेवा हरेक नागरिकसम्म पुराउन कुनै कसर बाकी नराख्ने बताउनु भएको छ ।
कोल्हबी नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारी, स्वास्थ शाखा प्रमुख मनोज चौधरी, भेष बहादुर ढकाल, केवल प्रसाद चौधरी , तपेश्वर राय चौधरी , रबिन्द्र पनुहर लगायतले स्वास्थ्य सेवा प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।