जेष्ठ १५ वीरगंज___ १६औं गणतन्त्र दिवसका अवसरमा बाराको प्रसौनी गाउँपालिकाले भब्यताका साथ मनाएको छ् । राष्ट्रीय पर्व र उत्सवका रुपमा नै मनाउदै गाउँपालिकाले प्राङ्गणमा वृक्षारोपण गरि मनाएको छ । गाउँपालिका अध्यक्ष बिनोद प्रसाद जयसवालले देशमा आम जनताको छोराछोरी राष्ट्र प्रमुख भएको देख्न हामीले गणतन्त्रकै उपलब्धि भएको बताएका छन । गाउँपालिका अध्यक्ष गाउँले सबैमा गणतन्त्रको शुभकामना दिदै गाउँपालिका बासी सँग गरेको सबै बाचा पूरा गर्नमा लागिपरेको बताए ।
जयसवालले पालिकाको शिक्षा र स्वास्थमा सब भन्दा बढी ध्यान दिएको बताए । अध्यक्ष जयसवालले पालिकाको पानी निकास नहुदा बिघौ बिघामा खेती नहुने अवस्था अन्त्य गर्न प्रसौनी बजार नजिकको पोखरी बाट सिङहा खोला सम्म ढल निकास गराएको बताएका छन । अध्यक्ष जयसवालले गठबन्धनका नाममा प्रसौनिको जनताको काम ओझेलमा परेको प्रती दुख व्यक्त गरेका छन । देशमा धेरै बलिदानी पश्चात् गणतन्त्र आएको भन्दै यसको संरक्षण हामी सबै मिलेर गर्नुपर्नेमा जोड दिए ।
पालिकाको उत्कृष्ट बिद्यार्थीहरुलाई छात्रवृतिको ब्यवस्था गरेर अझ गुणस्तरीय शिक्षाको थालनी थालेका छौ भनेर भनेका छन । सो अवसरमा पालिका अध्यक्षजयसवालले पालिकाको प्राङ्गणमा २ वटा गुलमोहर,१ वटा लिचि र २० वटा विभिन्न जातका शो प्लान्ट वृक्षारोपण गरिएको सुचना प्रबिधि अधिकारी राजेश गोस्वामिले जानकारी गराएका छन ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष किरण देबि,वडा नम्बर १ का अध्यक्ष लालबाबु मुखिया,वडा नम्बर ७ का अध्यक्ष ईस्लाम मिया, लेखा अधिकृत प्रेमबाबु प्रसाद, रोजगार संयोजक मुकेश प्रसाद गुप्ता, जिन्सी शाखा प्रमुख लक्ष्मी प्रसाद कलवार सहित समस्त बिषयगत शाखाका प्रमुख र कर्मचारीहरु,नागरिक समाजका अगुवाहरु,सन्चारकर्मिहरु लगायताको उपस्थिति रहेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमित सिंहले स्वागत गरेको कार्यक्रमको सन्चालन वडा नम्बर ३ का वडा सदस्य राजेश गुप्ताले गरेका थिए ।