काठमाडौं, १३ असार । चिनियाँ अर्बपति व्यापारी ज्याक मा युन काठमाडौंको कालिमाटी तरकारी बजार किन गए अहिले सम्म रहस्य बनेको छ ।
दुई दिने निजी भ्रमणमा काठमाडौ आइपुगेका चिनियाँ अर्बपति व्यापारी एवं उद्यमी युनले कालिमाटी तरकारी बजारमा बुधवार विहान १० बजेर ३७ मिनेटमा पुग्छ र १३ मिनेट सम्म कारमा बसेर फर्किए तर उनी के गर्न तरकारी बजार पुगेको हो अहिले सम्म रहस्य नै बनेको श्रोतले बतायो ।
चिनियाँ अर्बपति ज्याक चीनबाट बंगलादेश हुँदै नेपाल आएको छ । पाँच वटा कार र सुरक्षामा केही मोटरसाइकल सहित उनी कालीमाटी बजार भित्र रहेको पाकिंग सम्म पुगेपनि बाहिर नआई १३ मिनेट मै फर्किएको ति श्रोतले दाबी गरे ।
कालीमाटी बजार विकास समितिको अगाडि रहेको पार्किङमा केही गाडी रोकिएका थिए भने ज्याक सवार कार कृषक होल्डिङ यार्डमा पुगेको थियो । डेनिस चेन, वु मिङ, पौल ज्याक्सन, चेन सी, किम एल्गार्ड, जिउलिया लि निङ र पेइ वाङकका साथमा ज्याक मा कालिमाटी पुगेको थियो ।
ज्याक मा बजारमा किन गएका थिए भन्नेबारे भने स्पष्ट खुलेको छैन । उनले बजारमा रहेका व्यवसायीसँग कुनै कुराकानी नगरेको श्रोतले बताए । कारमा आएको र कारबाटै बजारको अवलोकन गरेर फर्केको देखिन्छ, स्रोतले भने ।
विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका सहसंस्थापक ज्याक मा मंगलबार काठमाडौं आइपुगेका थिए । चिनियाँ धनीको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।
इ–कमर्स बिजनेसमा आउनु अघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा नामक इ–कमर्स कम्पनी १९९९ मा स्थापना गरेका थिए । अलिबाबाको लगानीमा नेपालमा दराज नामक अनलाइन इ–कमर्स प्लेटफर्म सञ्चालनमा रहेको श्रोतले बतायो ।