नयाँ दिल्ली, २० भदौं । भारतको राजधानी नयाँ दिल्लीमा सेप्टेम्बर ९–१० मा हुन गईरहेको जी–२० शिखर सम्मेलनमा तिब्बतीहरुले चीनको विरोध नगर्ने जनाइएको छ ।
निर्वासित तिब्बती संसदका एक सदस्यले जी २० शिखर सम्मेलनमा तिब्बतीहरूले चिनियाँ विरुद्ध विरोध नगर्ने बताएको हो । “हामीले ृचिनियाँ राष्ट्रपति सी जिनपिङ नआउनु भएको सुनेका छौँ,” दावा छिरिङले भने, जिनपिङ बैठकमा सहभागी हुन आएको भए मात्रै विरोध प्रदर्शन हुने दाबी गरे ।
जिनफिङले तिब्बतीहरूलाई यातना दिएको आरोप लगाउँदै उनले भने, “हामी आशा गर्छौं, भारत सरकारले चिनियाँ विस्तारवादी नीतिको विरुद्धमा उभिनेछ ।”