काठमाडौं, । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै अनावश्यक टिप्पणी गर्ने चिनियाँ राजदूत छेन सोङ्गलाई चीन फिर्ता पठाउन जनमत पार्टीका साँसदले प्रतिनिधि सभाको बैठकमा माग गरेका छन् ।
पार्टीका तर्फबाट उपाध्यक्ष अब्दुल खानले बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कुटनीतिक मर्यादा विपरित अभिव्यक्ति दिई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने चिनियाँ राजदूत सोङ्गलाई नेपाल सरकारले फिर्ता पठाउनु पर्ने माग गरेका हुन् । ।
नेपाल र भारतको सम्बन्धको विषयमा बोल्ने अधिकार चिनिया राजदुतलाई नभएको बताउदै उपाध्यक्ष खानले चिनिया राजदुतसँग स्पष्टीकरण समेत लिन भनेका छन् ।
‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनुष्यता लगाउने काम गर्न खोजिएको आरोप उनले लगाए । यो घोर निन्दनीय कार्य छ’ उपाध्यक्ष खानले भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने चिनियाँ राजदुतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गरे ।’