इशलामाबाद, एजेन्सी । लश्कर–ए–तैयबाका मोस्ट वान्टेड आतंकबादी कैसर फारुक पाकिस्तानमा गोली हानेर हत्या गरिएको छ ।
पाकिस्तानको कराँचीमा आतंकवादी संगठन लश्कर–ए–तैयबाका मोस्ट वान्टेड आतंकवादी फारुकको गोली हानी हत्या गरिएको हो ।
फारुकको हत्या भएको दाबी गर्ने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । फारुक लश्कर–ए–तैयबाका संस्थापक सदस्यहरू मध्ये एक थिए र २६÷११ मुम्बई आतंकवादी हमलाका मास्टरमाइन्ड हाफिज सईदको नजिकका सहयोगी थिए ।
श्रोतः फ्रि प्रेस जर्नल