रोम- चीनबाट अमेरिकातर्फ घातक लागूऔषध फेन्टानिल तस्करी गरेको आरोपमा इटालीमा ६ जना पक्राउ परेका छन् । इटालीको उत्तरी पियाचेन्जा सहरका अभियोजनकर्ताहरुले पक्राउ पर्नेमा फिन्टानिल तस्करी गर्ने गिरोहका ५१ वर्षीय नाइकेसमेत रहेको द स्ट्रेट टाइम्सले जनाएको छ । उनले चीनबाट उक्त लागूऔषध खरिद गरी अमेरिकी खरिदकर्तालाई बिक्री गर्दै आएका थिए ।
फन्टानिल तस्करी गर्ने गिरोहविरुद्धको कारवाहीका क्रममा ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपनि एक जना युक्रेनी अरोपी भने फरार रहेको जनाइएको छ ।