वीरगंज, ९ मंसिर
पर्साका दुई सञ्चारकर्मी शनिवार काठमाडौंमा सम्मानित भएका छन् । पर्सा मिलन केन्द्र काठमाडौंले आफ्नो २३ औं स्थापना दिवसको आयोजित एक कार्यक्रमका बिच मनाएको छ । पर्सा जिल्लाबाट काठमाडौंमा गएर बस्ने बुद्धिजीवी, व्यवसायी, कर्मचारी, बिद्यार्थी लगायत बिचको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले केन्द्रले स्थापनाकाल देखि नै कार्यक्रमलाई निरन्तरता दिदै आएको आयोजकले जनाएको छ ।
पर्सा मिलन केन्द्र काठमाडौंको २३ औं स्थापना दिवसको अवसरमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह र भोजपुरी टाईम्स दैनिक पत्रिकाका कार्यकारी सम्पादक श्रवण प्रसाद साहलाई सो कार्यक्रमका बिशिष्ट अतिथि पर्सा क्षेत्र नं. ४ बाट निर्वाचित सांसद् एवं उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले सम्मानित गरेका थिए । सो कार्यक्रमको सञ्चालन केन्द्रका महासचिव ललन साह र संचारकर्मी प्रतिमा चौधरीले गरेका थिए।