फिलिपिन्स, एजेन्सी । दक्षिण चीन सागरमा फिलिपिन्स चीन बीच रहेको अत्यन्तै तनावपूर्ण अवस्थालाई लिएर प्रतिकार गर्न फिलिपिन्सले आवश्यक तयारीमा जुटेको मिडिया रिपोर्टमा जनाइएको छ ।
फिलिपिन्सका अनुसार आफ्नो नौसेनाले चीनसँग बढ्दो सैन्य तनावको बीचमा दक्षिण चीन सागरमा “सबैभन्दा खराब अवस्था“ को प्रतिवाद गर्नका लागि आवश्यक तयारी गरिरहेको जनाएको हो ।
चिनियाँ तटरक्षकले विवादित शोल नजिकै पानीको तोपसहित फिलिपिन्सको जहाज माथि गोली हानेपछि यस्तो टिप्पणी फिलिपिन्सको आएको छ ।
चीनले दक्षिण चीन सागरको अधिकांश भूभागमा आफ्नो सार्वभौमसत्ता रहेको दाबी गर्दै आएको छ र धेरै देशहरूसँग क्षेत्रीय विवादमा पारेर उनीहरुको भु भागलाई हत्याउने कु दृष्टि राखेको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
श्रोतः द इडिपेन्डेन्ट