प्रसौनी गाउँपालिका वडा नं. ६ को वडा स्तरीय प्रथम बेलहिया फुटबल प्रतियोगिता २०८१ को फाईनल खेलमा जन कल्याणकारी क्लब विजयी भएको छ । शनिबार वडा नं. ६ स्थित बेलहिया स्कूलको खेल मैदानमा भएको फाईनल खेलमा जन कल्याणकारी क्लब विजयी
भएको हो ।
द रिलिफ फर हुमानिटी प्रसौनी गा.पा. वडा नं. ६ बाराको आयोजनामा भएको फाईनल खेलमा जन कल्याणकारी क्लब बकुलिया भवानीपुरले कलैया फुटबल क्लबलाई १ गोल अन्तरले पराजित पार्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएका हुन् । जन कल्याणकारी क्लबका अस्मित चौधरीले खेलको दोश्रो हाफ अगाडिको समयमा १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस पछि निर्धारित समय सम्म दुवै तर्फ कुनै गोल हुन नसके पछि जन कल्याणकारी क्लब बिजेता बनेको हो ।
विजेता जन कल्याणकारी क्लबले उपाधी सङ्गै नगद २० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेता कलैया फुटबल क्लबले नगद १० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
बिजेता तथा उपबिजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रसौनी गा.पा.का वडा नं. ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहा, अतिथी कलैया सिटी जेसिस कलैया बारा २०२४ का अध्यक्ष पवन कुशवाहा लगायत अतिथिले पुरस्कार बितरण गरेका थिए ।