बारा, २७ साउन
बारामा जनमत पार्टीका दुई नेताहरुले पार्टी परित्याग गरी नेपाल समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्नेहरुमा पालिका पर्यवेक्षक तेज बहादुर भगत र महिला जनमत संघ बाराका जिल्ला अध्यक्ष अमृता कुमारी रहेकी छिन् ।
पार्टीमा तानाशाही रबैया प्रदर्शन गरी आफ्ना आफन्तहरुलाई मात्र साथमा लिई स्वतन्त्र मधेश गठबन्धनले कार्य गरिरहेको विषयम परिस्थितिमा अनेक यातना समेत भोगेका नेता कार्यकताहरुलाई पाखा लगाई परिवारवाद, नातावाद, कृपावादलाई पार्टीभित्र हावी राखेको उनीहरुको आरोप रहेको छ।
संगठनभित्र गुट उपगुट, आमसभाका मञ्चहरु समेतमा आफू भन्दा थोरै पनि फरक विचार राख्नेहरुलाई स्थान नदिने कार्य गर्नुका विना सरसल्लाह आफ्नै अहंकारमा अडिक रहेर नेता कार्यकर्तामाथि आन्दोलन गर्न निर्देशन दिनु पनि लोकतात्रिक पद्धति विपरितको राजनीति चरित्र रहेको कुराले पार्टी परित्याग गरेका नेताहरुको ठहर रहेको छ।
मधेशका लागि कुनै न कुनै रुपमा लड्दै आएका मधेस आधारित पार्टीहरु समेतको मान मर्दन गर्ने मानसिकता समेतबाट थकित भएर जनमत पार्टी परित्याग गरि मधेस र मधेशीको मुक्ति, स्वाधीनता र नैसर्गिक अधिकार प्राप्तिको लागि बाबुराम भट्टराईको नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीमा प्रवेश गरी राज्यसँग निरन्तर लड्ने समेत घोषणा गरेको जानकारी दिए।