काठमाडौं । गोरखामा नेपाली भूमि चीनले अतिक्रमण गरेको भन्दै राष्ट्रिय एकता अभियानले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ ।
अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवको नेतृत्वमा प्रदर्शनकारीले नेपाली भूमि फिर्ता गर , चिनियाँ दादागिरी बन्द गर , नाकाबन्दी खुला गर भन्ने नाराका साथ विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीले चिनियाँ विस्तारवाद नीति बन्द गर, अतिक्रमित भूमि फिर्ता गर, चिनियाँ हस्तक्षेप बन्द गर, अघोषित नाकाबन्दी फुकुवा’ जस्ता चीन विरोधी नारा लगाएका थिए । केही समय यता चिनियाँ बिस्तार नीतिको खुलेर विरोध हुनुका साथै नेपाली जनता सडकमा उत्रन थालेका छन् ।