मधेश प्रदेश सरकारको गारैव योजना मानिएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊु’ कार्यक्रम अन्तर्गत साइकल खरिद प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधानसहित १० कर्मचारी र एक कम्पनीलाई विपक्षी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मधेश प्रदेश सरकारले दुई चरणमा गरिद गरेको २७ हजार साईकलमध्ये १० हजार साइकल खरिद गर्दा योग्यता नपुगेको कम्पनी छनोट गरिएको र बाँकी १७ हजार साइकल खरिद गर्दा तोकिएको ब्रान्डलाई छाडेर ब्रान्ड नै नखुलेको साइकल खरिद गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । जनकपुरटुडे