काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र प्रहरीद्वारा कार्यालय घेर्नु प्रतिशोधपूर्ण भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत राउतले गृहमन्त्री रवि लामिछानेले गरेको यो कदम अस्वीकार्य रहेको पनि बताउनुभएको छ ।
‘कसैलाई पनि भन्नु पर्छ र, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गर्नु र कार्यालय प्रहरीद्वारा घेर्नु प्रतिशोधपूर्ण छ भनेर ? यो लोकतन्त्रको लागि सर्वथा अस्वीकार्य कदम हो,’ अध्यक्ष राउतले लेख्नुभएको छ, ‘रविजी, तपाईंसँग हाम्रो पनि आशा र औचित्य जोडिएको छ, कुनै कदम चाल्नु अगाडि नबिर्सिदिनुस् ।’ Kantipur TV