पर्सा । प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिस्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सहकार्यमा भक्तपुरमा भएको कार्यक्रममा नेपाल सरकारका उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ठाउँको भाषामा समाचार प्रसारण तथा सम्प्रेषण गरेर मातृभाषालाई संरक्षण गर्नुपर्ने बताए ।
मातृभाषा पत्रकारिताले विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा समेत योगदान पु¥याउने मन्त्री श्रेष्ठले बताए । मातृभाषामा समाचार लेख्ने पत्रकारमा स्थानीय परिस्थितिको बारेमा गहिरो जानकारी हुने उल्लेख गर्दै उनले यसबाट पाठक र स्रोताका लागि उपयोगी र सान्दर्भिक समाचार बनाउन सघाउने धारणा व्यक्त गरे ।
सो कार्यक्रममा सार्क जर्नालिस्ट फोरममा आबद्ध रहेका भारत, बंगलादेशलगायतबाट मातृभाषि पत्रकारको सहभागिता रहेको सार्क जर्नालिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले जानकारी दिए ।
उक्त प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पर्सा जिल्लाबाट प्रहार डेली अनलाइन न्युज पोर्टलका सम्पादक राहुलकुमार गुप्ता, अनलाइन न्युज दैनिकका सम्पादक अजय कुमार साह, सौर्य दैनिकका पर्सा संवाददाता पवन प्रसाद साहलाई प्रमाण पत्र, मायाको चिनो, प्रेस जकेटबाट सम्मान गरिको थियो ।नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्दरलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि सार्क जर्नालिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, सचिव अब्दुल रहमान, सदस्य सुधानसु अनुरुध लगायतका व्यक्तिको उपस्थिति रहेको थियो ।