अमेरिकी सैन्य सहकार्य स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेको पत्र आधिकारिक भएको नेपाली सेनाले पुष्टि गरेको छ।
२०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसएसपी) सम्झौताका लागि अनुरोध गरेको पत्र आधिकारिक भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पुष्टि गरेका हुन्।
‘पूर्व प्रधानसेनापति क्षेत्रीले लेखेको पत्रमा कुनै शंका मान्नुपर्ने कुरा छैन। त्यो पत्र आधिकारिक नै हो। यसको अध्ययनका विषयमा आकस्मिक बैठक बसेको भन्ने कुरा अनावश्यक हल्ला हो,’ उनले भने।
उक्त पत्रमा अमेरिकी सेनासँग सहकार्य गर्ने, विपद् व्यवस्थापमा सहयोग लिनेलगायतका कुराहरु भएको र जुन नेपाली सेनाले गर्दै आएको कुरा भएको उनले बताएका छन्।
२०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसएसपी) सम्झौताका लागि अनुरोध गरिएको पत्र सार्वजनिक भएको हो।
तत्कालीन अमेरिकी राजदूत एलाइना बी टेप्लिजलाई सम्बोधन गरिएको पत्रमा नेपालका तर्फबाट तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन्। नेपाल सरकारको अनुमतिमा उक्त पत्र पठाइएको उल्लेख छ।